• होमपेज
  • समाचार
  • कतै तपाईको इमेल त ह्याक भएको छैन ? यसरी थाहा पाउनुहोस्

कतै तपाईको इमेल त ह्याक भएको छैन ? यसरी थाहा पाउनुहोस्

  • शनिबार, भदौ १७, २०७४
कतै तपाईको इमेल त ह्याक भएको छैन ? यसरी थाहा पाउनुहोस्

एजेन्सी,भदौ १७ –

तपाईंको इमेल तथा सामाजिक सञ्जाल कतिको सुरक्षित छ रुतपार्इंको कम्प्युटर तथा महत्वपूर्ण सामग्रीलाई कसरी सुरक्षित राख्नुभएको छ ? कतै तपाईंको महत्वपूर्ण सूचना थाहा नपाइकन चोरी त भएको छैन ?थाहा नपाइकन चोरी हुने ती सूचनाको सुरक्षाका लागि के कस्तो उपाय अपनाउनुभएको छ ? लामो समय लगाएर सङ्कलन गरिएको सूचना एकाएक हराउँदा त्यसले दिने तनाब कति पीडादायी होला सहजै अनुमान गर्न सकिन्छ ।

कराडौं प्रयोगकर्ताको इमेलको पास वर्ड लिक भएको आशंका छ । आफ्नो जानकारी सुरक्षित राख्नका लागि पासवर्ड परिवर्तन गर्नु पर्ने हुन्छ । जिमेल, हटमेल तथा याहु गरी २७ करोड भन्दा धेरै प्रयोगकर्ताको इमेल तथा त्यसको पासवर्ड लिक भएको हो । होल्ड सेक्युरिटी नामको एक कम्पनीले ब्लग रिपोर्टमा आफूलाई यो डाटा एक ह्याकरबाट प्राप्त भएको दाबी गरेको छ । लिक भएका डाटामा जिमेल, हटमेल तथा याहु प्रयोग गर्नेका इमेल तथा पासवर्ड छन् ।

डाटा कहाँबाट लिक भएको हो भन्ने अहिलेसम्म स्पष्ट भएको छैन । होल्ड सेक्युरिटीको ब्लग अनुसार यो डाटा उनीहरुलाई अरु कसैले दिएको हो । यो संख्या सही भएमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो इमेल एड्रेसको लिक हो । केही समय अघि एडोबीका १५ करोड ग्राहको डाटा लिक भएको थियो । एश्ले म्याडिसन लिकले पनि विश्वमा तहल्का मच्चाएको थियो । एक इमेल प्रयोग गर्ने भए यो वेबसाइटमा गरे जाँच गर्न सकिन्छ । यो वेबसाइटमा ह्याक पछि चोरी भएका डाटाका बारेमा जानकारी छ । ह्याकबाट जोगिन आफ्नो इमेलको पासवर्ड परिवर्तन गरेर ह्याकरलाई ह्याक गर्न मुश्किल बनाउनु पर्छ ।

कतै तपाइँको इमेल त ह्याक भएको छैन ?

तपाइँको इमेल एड्रेस डटा लिक भएका इमेलहरुको सूचिमा छ कि छैन थाहा पाउनका लागि तपाइँले रिसर्चर ‘ट्राय हन्ट’ को वेबसाइट HaveIBeenPwnedमा लगअन गर्नुपर्दछ । त्यहाँ रहेको बक्समा आफ्नो इमेल एड्रेस टाइप गरेर pwned ? बटन थिचिसकेपछि तपाइँले आफ्नो डाटा सुरक्षित छ कि लिक भएको छ भन्ने थाहा पाउन सक्नुहुन्छ । टू फ्याक्टर अथेन्टिकेसन प्रयोग तथा तथा मजबूत पासवर्ड रहेका प्रयोगकर्ता सुरक्षित रहेको ट्राय हन्टले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि