• होमपेज
  • प्रविधि
  • फेसबुकले दैनिक १० लाख अकाउन्ट बन्द गर्दै, यस्तो छ कारण

फेसबुकले दैनिक १० लाख अकाउन्ट बन्द गर्दै, यस्तो छ कारण

  • शुक्रबार, भदौ १६, २०७४
फेसबुकले दैनिक १० लाख अकाउन्ट बन्द गर्दै, यस्तो छ कारण

एजेन्सी, भदौ १६—

विश्व चर्चित सामाजिक सञ्जाल फेसबुकले नक्कली, झुक्याउने र फसाउने तथा सामाजिक रुपमा आघात पुरयाउन सक्ने खालका फेसबुक अकाउन्टहरु बन्द गर्न सुरु गरेको छ । यसका लागि फेसबुकले दैनिक रुपमा नै १० लाखभन्दा बढी अकाउन्ट बन्द गर्न लागेको हो ।

विश्वमा दुई अर्बभन्दा बढी प्रयोगकर्ता भएका फेसबुकमा लाखौं नक्कली अकाउन्ट रहेका छन् । उनीहरुले कहिलेकाही नराम्रा, हिंसात्मक र नकारात्मक पोष्ट तथा भिडियोहरु फेसबुकमा राखी तत्कालै हटाउन सक्ने भएकाले दोषी मान्छेको सहजै पहिचान गर्न गाह्रो भएको र कसले फेसबुकको नियम तोडिरहेको छ र को दोषी हो भन्ने कुरा पत्ता लगाउन गाह्रो भएको स्टेमोसले बताएका छन् ।

उनले भने, ‘यी सबै पहिचान गर्दै बन्द गर्न निकै कठिनाइ भएकोले पहिचान नभएको खण्डमा अन्य एकाउन्ट पनि बन्द हुने ठूलो जोखिम कम्पनीले उठाउनु पर्नेछ ।’ आफ्नो सुरक्षा नीति लागु गर्नु मात्र नभई फेसबुक प्रयोगकर्ताहरुलाई सुरक्षित राख्नु प्रमुख मुद्दा भएको बताइएको छ ।

दैनिक लाखौं मानिसबीच सम्पर्क हुन्छ । यी सबैका लागि नियम–कानुन बनाउन सकिन्न । त्यसैले पनि दैनिक रुपमा नकारात्मक सन्देश फैलाउने खालका १० लाख एकाउन्ट बन्द गरिदैं आएको कम्पनीले बजाएको छ । तर कम्पनीले १०० भन्दा बढी देशको कानुनी आधारमा रहेर उक्त काम सञ्चालन गर्न आवश्यक रहेको स्टेमोसले बताएका छन् ।

कम्पनीका संस्थापक मार्क जुकरवर्गले कम्पनीको आक्रामक सामग्रीको निगरानी गर्न र नियन्त्रणका लागि ३००० अतिरिक्त कर्मचारीहरुलाई पनि काममा नियुक्त गरिएको बताएका छन् ।

सामाजिक सञ्जालमा विकृति फैलाउने केही मानिसहरुले व्यक्तिगत रुपमा दिनमा नै हजार भन्दा बढी फेसबुक अकाउन्ट खोलेको पनि पाइएको छ । त्यसैले पनि यस्ता झुटा, फसाउने, धम्की दिने तथा नकारात्मक विचार फैलाउने खालका अकाउन्टहरु दैनिक रुपमा १० लाख भन्दा पनि बढी संख्यामा बन्द गरिदै आएको र फेसबुकबाट हुने सामाजिक अपराध रोक्नका लागि सक्दो प्रयास गरिरहेको बम्पनीलेले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि